अल्कारज अन्तिम १६ मा



वाशिंटन, (एजेन्सी) । स्पेनिस टेनिस स्टार कार्लोस अल्कारज युएस ओपन टेनिस प्रयितोगिताको पुरुष एकलतर्फ अन्तिम १६ मा प्रवेश गरेका छन् ।

साविक विजेता अल्कारजले इङ्लिस खेलाडी डान इभन्सलाई ६–२, ६–३,४–६ र ६–३ को सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन । अब अल्कारजले अन्तिम १६ मा इटालियन खेलाडी माटियो अर्नाल्डीको सामना गर्नेछन् । अर्नाल्डीले पनि इङ्लिस खेलाडी क्यामरुन नोरीलाई ६–३, ६–४ र ६–३ ले पराजित गर्दै अल्कारजसँग भेट पक्का गरेका हुन ।

त्यसैगरी रसियन स्टार डानियर मेदभेदेभ पनि अन्तिम १६ मा प्रवेश गरेका छन् । मेदभेदेभले अर्जेन्टिनाका सेबास्टियन बेजलाई ६–२, ६–२ र ७– ६(८–६) ले पराजित गरेका हुन् । मेदभेदेभले अस्ट्रेलियाली खेलाडी एलेक्स डि मिनायरको सामना गर्नेछ । मिनायरले पनि चिलीका निकोलस जेरीलाई ६–१, ६–३ र ६–२ सेटले पराजित गर्दै मेदभेदेभको सामना गर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्