आईसीसी महिला टी-२० छनोट : आज नेपाल बहराइनसँग भिड्दै



काठमाडौं । मलेसियालाई हराउँदै आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा विजय सुरुवात गरेको नेपाल आज (शुक्रबार) दोस्रो खेलमा बहराइनसँग भिड्दै छ ।

पहिलो खेल जितेर उत्साहित नेपाली टोली आज दोस्रो जितको खोजीमा हुनेछ ।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत नेपाल र बहराइनबीचको खेल नेपाली समयानुसार आज बिहान सवा ११ बजे सुरु हुने छ ।

यसअघि बिहीबार नेपालले पहिलो खेलमा घरेलु टोली मलेसियालाई ५ रनले हराएको थियो ।

तुलनात्मक रूपमा आफूभन्दा कमजोर टिम बहराइनलाई जित्दै नेपाल सेमिफाइनलको सम्भावनालाई बलियो बनाउन चाहन्छ ।

यसपछि नेपालले अब मंगलबार कतार र बुधबार यूएईसँग खेल्ने छ ।

शीर्ष २ मा पुग्ने टोली सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने २ टोलीले ग्लोबल क्वालीफायरमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्