रेस्लिङ टोली जापान प्रस्थान



काठमाडौं । मैत्रीपूर्ण रेस्लिङ प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय नेपाली टोली मंगलबार जापानको ओसाका प्रस्थान गरेको छ ।

सेप्टेम्बर ३ तारिखमा हुने रेस्लिङमा भरत विसुराल (हिमालयन टाइगर), भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले प्रतिस्पर्धा गर्ने छन् ।

एनआरएनए कोन्साइ कमिटी, ओसाकाको सहयोगमा हुने लागेको प्रतियोगितामा नेपाली खेलाडीले जापानी रेस्लेर विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्