मान्सिनी साउदी अरबको मुख्य प्रशिक्षक



Italy v Czech Republic – International Friendly, Länderspiel, Nationalmannschaft Roberto Mancini, head coach of Italy, gestures at the end of the international friendly match between Italy and Czech Republic. Italy won 4-0 over Czech Republic. Bologna Italy Copyright: xNicolxCampox

लन्डन, (एजेन्सी) । इटालियन प्रशिक्षक रोबर्टो मान्सिनी साउदी अरबको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

५८ वर्षीय मान्सिनीको प्रशिक्षणमा रहेको इटालीयन टोलीले सन् २०२० को युरोकपको उपाधि जितेको थियो । वेम्बलीमा भएको फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टीमा हराउँदै इटालीले युरोकप जितेको थियो । ३७ खेलमा अपराजित रहेर कीर्तिमान बनाएपनि मान्सिनीले इटालीलाई सन् २०२२ को विश्वकपमा भने छनोट गराउन सकेका थिएनन् ।

मान्सिनीले सन् २०१२ मा म्यानचेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाएका थिए । उनले फियोरेन्टिना, लाजियो, इन्टर मिलान, गालाटासारे र जेनिथ सेन्ट पिटर्सवर्गको प्रशिक्षण सम्हालिसकेका छन् । इटालीको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको दुई सातापछि मान्सिनी साउदी अरबको मुख्य प्रशिक्षक बनेका हुन् । उनी सन् २०२७ सम्म साउदीको मुख्य प्रशिक्षक रहने छन् ।

कोस्टारिकाविरुद्धको म्याच उनको पहिलो खेल हुनेछ । कोस्टारिकासँगको खेल ८ सेप्टेम्बरमा हुनेछ । साउदीको मुख्य प्रशिक्षकको जिम्मा पाएका उनले उक्त जिम्मेवारी राम्रो अवसर भएको बताएका छन् । कतार विश्वकपमा साउदी अरेबियाले समूह चरणको खेलमा च्याम्पियन अर्जेन्टिनालाई पहिलो २–१ ले स्तब्ध बनाएको थियो । विश्वकप लगत्तै हार्भे रेनाल्डले टोली छोडपछि साउदी अरेबिया मुख्य प्रशिक्षकविहिन थियो ।

प्रतिक्रिया दिनुहोस्