बिग बासको ड्राफ्टमा नेपालका ५ खेलाडी



काठमाडौं । नेपाली क्रिकेट टोलीका पाँच खेलाडी अस्टे«लियाको बिग बाश लिग २०२३÷२४ को ड्राफ्टमा परेका छन् । अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीप लामिछानेसहित ५ खेलाडी ड्राफ्टमा परेका हुन् । अन्य चार जनामा देव खनाल, अर्जुन साउद, आसिफ शेख र आरिफ शेख ड्राफ्टमा परेका हुन् । आसिफ र आरिफ दाजुभाइ हुन् ।

सन्दीपले गतवर्ष बिग बाश लिग होबार्ट हरिकेन्सबाट खेलेका थिए । यदि हरिकेन्सले चाहेको खण्डमा सन्दीपलाई फेरि राख्न सकिन्छ । उनले अस्टे«लियाको टी २० लिगमा सन् २०१८–१९ सिजनमा पहिलो पटक खेलेका थिए । त्यतिबेला उनले मेलबर्न स्टार्सबाट सहभागिता जनाएका थिए । उनी सहभागि टोली मेलबर्न सेमिफाइनलमा पराजित भएको थियो ।

देव नेपालका यू–१९ कप्तान समेत हुन् । अर्जुन साउद विकेटकिपर हुन् । अर्जुन आक्रामक ब्याटर र उत्कृष्ट किपिङका लागि चिनिन्छन् । शेख दाजुभाइ भने ब्याटर हुन् । जसमा, आसिफ विकेटकिपरको साथै ओपनर ब्याटरको भुमिकामा राम्रो खेलिरहेका छन् ।

तल्लोक्रमका ब्याटिङ गर्ने आरिफले मध्यम गतिमा बलिङ समेत गर्ने गर्दछन् । १३ औं संस्करणको बिग बाशमा २९ देशबाट कुल ३ सय ७६ खेलाडी ड्राफ्टमा हुनेछन् । बिग बाशको ड्राफ्ट आगामी सेप्टेम्बर ३ मा हुनेछ । आगामी डिसेम्बर ७ देखि नयाँ सिजन शुरु हुने उक्त लिगमा आठ टोलीको सहभागिता छन् ।

प्रतिक्रिया दिनुहोस्