नेपाली मुक्केबाज बस्नेत बने स्कटल्यान्डमा च्याम्पियन



लन्डन  । नेपाली मुक्केबाज म्याक्स (मनोहर) बस्नेत स्कटल्यान्डको नयाँ क्रूजर वेईट च्याम्पियन बनेका छन् ।

स्कटल्यान्डमा शनिबार भएको बक्सिंग भिडन्तमा म्याक्सले स्कटिस च्याम्पियन अलिस्टे अर फ्रिउलाई अंकको आधारमा पराजित गरेका हुन् । योसँगै बस्नेत स्कटल्यान्डको नयाँ क्रूजर वेईट च्याम्पियन बने । उक्त जितसँगै अब उनी युरोपियन टाइटल च्यालेन्जर समेत बनेका छन् । यो जितले उनी युरोपियन बक्सिङ च्याम्पियनका लागि पनि छनोट भएका छन् ।

गत जुनमा अर्का नेपाली बक्सर पूरन राईले पनि स्कटल्यान्डकै बक्सरलाई नकआउटको आधारमा पराजित गर्दै यूबीए स्कटल्याण्ड टाइटल बेल्ट जितेका थिए । गत जुनमा बक्सिंग खेलाडी पूरन राई र आकाश डाँगी सहित म्याक्स लण्डन पुगेका हुन् । त्यतिबेला विपक्षी खेलाडी घाइते हुँदा उनको इभेन्ट रद्द भएको थियो ।

केही दिनअघि मात्रै म्याक्स लण्डनस्थित बेल्स बक्सिङ एकेडेमीका को–सीईओ नियुक्त भएका थिए । यो आफ्नो लागि ठूलो सम्मान भएकोले यसले नेपाली बक्सरलाई बेलायतमा गएर खेल्न ढोका खुलेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्