भगवती कप भलिबल हुने



पाल्पा । पाल्पामा प्रथम रणउज्जेश्वरी भगवती कप भलिबल प्रतियोगीता हुने भएको छ । तानसेनको टुँडिखेलमा यही भदौ १८ गतेदेखि २१ गतेसम्म खुल्ला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । आयोजक श्रीनगर भलिबल क्लवका अनुसार यो प्रतियोगिताले यहाका खेलाडीमा उत्साह ल्याउने छ ।

प्रतियोगितको संचालनका लागि आठ लाख ५० हजार बढी खर्च हुने वताइएको छ । प्रतियोगितामा प्रथम हुनेले एक लाख ११ हजार १ सय ११ र द्धितिय हुनेले ७७ हजार ७ सय ७७ पुरस्कार रकम पाउनेछन् । यस्तै, तृतिय हुनेले ४४ हजार ४ सय ४४ र सान्त्वना हुनेले २२ हजार २ सय २२ रुपैंया पुरस्कार रकम प्राप्त गर्नेछन् । प्रतियोगिताका १० वटा बढी टिम सहभागि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्