को हुन् भारतको पहिलो अन्तरिक्ष यात्री ? (नामावलीसहित)



बैंग्लौर । भारतको चन्द्रयान–३ को सफलताको उत्सवमा सिङ्गो देश डुबेको छ ।

इशरोले चन्द्रमामा सफल अबतरण गराए पछि सारा संसारमा तहल्का मच्चाएको छ ।

अन्तरिक्षमा हासिल गरेको ठूलो सफलताले राकेश शर्मालाई फेरि चर्चामा ल्याएको छ । राकेश शर्मा भारतका पहिलो अन्तरिक्ष यात्री थिए। तर आज उनी कहाँ छन्, के गरिरहेको छन् ? आउनुहोस, जानौं ।

भारतका अन्तरिक्ष यात्री राकेश शर्माको जन्म १३ जनवरी १९४९ मा पटियाला पञ्जाबमा भएको थियो । उनले १९७१ को भारत–पाकिस्तान युद्धमा भाग लिएर भारतीय वायुसेनामा भर्ती भएका थिए।

राकेश शर्मा सन् १९८२ मा रुस–भारत अन्तरिक्ष अभियानमा सहभागी भएर सन् १९८४ मा अन्तरिक्ष यात्रामा निस्केका थिए । उनले ७ दिन २१ घण्टा अन्तरिक्षमा समय बिताएका थिए ।

राकेश शर्मा अन्तरिक्षबाट फर्किएर फेरि वायुसेनामा भर्ना भए ।  १९८७ सम्म त्यहाँ काम गरे। त्यसपछि सन् १९८७ मा विङ कमाण्डरको पदबाट अवकाश लिए । त्यसपछि उनी हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल)मा आबद्ध भए।

राकेश शर्मा हाल संसारको लाइम लाइटबाट टाढा तमिलनाडुको कुन्नूरमा आफ्नी पत्नी मधुसँग बस्दै आएका छन् । शर्मा अन्तरिक्ष यात्री चयन कार्यक्रम सञ्चालन गर्ने गगन यानका लागि इशरोका राष्ट्रिय सल्लाहकार परिषद्को एक हिस्सासमेत रहेका थिए ।

राकेश शर्माले इसरोको गगनयान मिसनमा राष्ट्रिय अन्तरिक्ष सल्लाहकार परिषद्मा काम गरेका थिए । समाचारको हेडलाइनमा नपर्दा उनी आज इतिहासको पानामा सिमित छन् । सन् २०२१ मा शर्मा बेंगलुरुस्थित कम्पनी क्याडिला ल्याब्सका गैर कार्यकारी अध्यक्ष थिए। यो कम्पनीले विशेष गरी बीमा क्षेत्रका कम्पनीहरूको लागि खुफिया स्वचालन प्रदान गर्न काम गर्दछ।

प्रतिक्रिया दिनुहोस्