विमान दुर्घटनामा परी ‘रुसका विद्रोही’ सेना प्रमुख वाग्नरको मृत्यु



मस्को । रुसको राजधानी मस्कोको उत्तरमा वाग्नर प्रमुख येवगेनी प्रिगोजिन सहित एउटा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

रुसी उड्डयन एजेन्सीले दुर्घटनाग्रस्त विमानमा वाग्नर प्रमुख सवार रहेको पुष्टि गरेको छ । एजेन्सीका अनुसार वाग्नर चीफ प्रिगोजिन दुर्घटनाग्रस्त विमानमा सवार थिए र दुर्घटनामा कुनै यात्रु बाँचेनन्। वाग्नर प्रमुखको यस दुर्घटनामा मृत्यु भएको छ ।

यसअघि सञ्चारमाध्यमहरूले दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरूको सूचीमा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको नाम पनि समावेश भएको दाबी गरेका थिए। मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै गरेको विमानमा सात जना यात्रु र तीन जना चालक दलका सदस्य रहेको मिडिया रिपोर्टले जनाएको छ ।

 मस्कोको उत्तरमा रहेको टभर क्षेत्रमा विमान दुर्घटना भएको हो । सामाजिक सञ्जालमा पोष्ट गरिएका धेरै भिडियोहरूले विमान दुर्घटना भएको देखाइए पनि यसमा कति सत्यता छ भन्न गाह्रो छ।

रुसको सरकारी समाचार एजेन्सी टासले अधिकारीहरूलाई उद्धृत गर्दै विमानमा तीन पाइलट र सात यात्रु रहेको बताएको छ। दुर्घटनाको अनुसन्धान भइरहेको छ । उही समयमा, सोशल मिडिया टेलिग्राममा अपुष्ट रिपोर्टहरूले विमानलाई रूसी वायु रक्षा बलले खसालेको दाबी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्