सर्वदलीय बैठक : सदन खोल्नेदेखि छानबिन समिति बनाउनेसम्म सहमति



काठमाडौं ।

राष्ट्रिय मान्यता प्राप्त सात दलको बैठकले सुन तस्करीका सबै घटनाको छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति जुटाएको छ ।

बुधबार बसेको सर्वदलीय बैठकले सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपभापति डोलप्रसाद अर्यालले जानकारी दिए। सो सहमतिअनुसार ६१ किलो सुनकोमात्र नभएर कृष्णवहादुर महरा जोडिएको अर्को तस्करीसहितको छानबिन गर्ने निर्णय भएको छ ।

सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने अडान लिँदै संसद् अवरुद्ध गरिरहेको एमाले समिति बन्ने भएपछि सदन खोल्न राजी भएको हो।

प्रतिक्रिया दिनुहोस्