नेगीलाई छैटौं डान



काठमाडौं । राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा तेक्वान्दो मुख्यालय कुकिवनबाट छैटौं डानको प्रमाण पत्र प्राप्त गरेका छन् । नेगीलाई नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले कुकिवनबाट प्राप्त छैटौं डानको प्रमाण पत्र मंगलबार हस्तान्तरण गरे ।

नेगीले सन् २०१५ देखि नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिम समहाल्दै आएका छन् । टोकियो २०२० पारा ओलम्पिकमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले दुई फाईट जितेर इतिहास रच्दा नेगी प्रशिक्षकका रुपमा टोकियो गएका थिए ।

बहराइनमा भएको एसियन युथ पारा गेम्स– २०२१ मा नेपालले पारा तेक्वान्दोमा १ स्वर्ण, १ रजत, १ काँस्य पदक जित्दा पनि नेगी टोली प्रशिक्षक थिए । नेगीको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय पारा तेक्वान्दोअन्तर्गत ८ औं वल्र्ड च्याम्पियनसिप–२०१९ टर्कीमा १ कास्य, साउदी अरवियामा भएको रियाद २०२२ वल्र्ड ग्रान्ड प्रिक्स फाईनल जि–१० प्रतियोगितामा सिर्जना घिसिङले वल्र्ड ¥याङकिङमा रहेका टर्की, मेक्सिको र ब्राजिलका खेलाडीलाई पराजय गरेर एतिहासिक स्वर्ण जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्