जङ्गली निगुरो र जिब्रेसाग बेचेर पढाइ खर्च जुटाउँदै बालबालिका

0
Shares

रौतहट। 

चन्द्रपुर–८ बेतौना निवासी १४ वर्षीया  राधा पटेल जङ्गली निगुरो र जिब्रे साग बिक्री गरेर आर्थिक लाभ लिइरहेकी छिन्  । बस्तिकै सहपाठी र अभिभाबकसंगै उनी दैनिक जङ्गलबाट र निगुरो र जिब्रे प्रजातिको साग टिपेर चन्द्रनिगाहपुर लगायतका शहरी क्षेत्रमा बिक्री गर्दै आएकी छिन । नजिकैको दलित जनजागरण विद्यालयमा कक्षा ४ मा अध्ययनरत उनी जङ्गली साग बिक्री गरेर दैनिक ८ सय भन्दा बढी  रुपैयाँ कमाउँछिन् ।

 उनी मात्र हैन सोही बस्ती र विद्यालयमा कक्षा ७ मा अध्ययनरत १७ वर्षीया  पिङकी पासवानको पनि दैनिकी यस्तै रहेको छ । यो सिजन जङ्गली निगुरो र ज्रिबे प्रजातिको साग पाईने भएकाले पनि बस्तीका अधिकम्स  बालबालिकाले यसलाई पेशा व्यवसाय बनाएका छन्  । उनीसहित बस्तीका विपन्न परिवारका अधिकमस  स्कुले बिद्यार्थीहरु साउन लागेदेखिन् शहरी क्षेत्रमा जङ्गली साग बिक्री गरेर जीबिकोपार्जनमा  अभिभाबककालाई सघाउदै आएका छन् ।

स्कुल बिदाको समयमा उनीहरुको जङ्गली निगुरो र जिब्रेको सागको व्यापार गरेर पढाइ खर्च समेत जुटाएका छन् । तरकारी वा अचारको रूपमा प्रयोग गरिने निगुरो पौष्टिकता र मानव स्वास्थ्यको लागि लाभदायक हुने भएकाले बजारमा यस्को माग रहेको उनीहरु बताउँनछन ।

 जंगली वनस्पती वर्गमा पर्ने निगुरो साग आर्गेनिक हुने जानकार बताउँछन् । वर्षातको समयमा जंगलमा निगुरो र जिब्रे साग आफै उम्रने गर्दछ । जंगलक्षेत्रमा सजिलै पाइने हरियो निगुरो र जिब्रेको साग ती स्कुले बिद्यार्थीहरुको कारण उपभोक्ताको भान्सासम्म पुग्ने गरेको छ। चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिबारीले रैथाने प्रजातिको जिब्रे र निगुरोको सागमा पौष्टिकता हुने भएकाले माग समेत रहेको बताउनु भयो ।