टेलिकमको ब्रान्ड एम्बेसडरमा स्वस्तिमा


काठमाडौं।

नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई कम्पनीको “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ । सोमबार सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) का साथै कलाकार स्वस्तिमा खड्काले हस्ताक्षर गरेकी हुन् ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरूको प्रवर्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कम्पनीसँग आबद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गरिन्। .


यस सम्झौतापछि ब्रान्ड एम्बेसडरले नेपाल टेलिकमका सेवाहरूको प्रचारप्रसार, व्यापार प्रवद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरू गर्नेछन् । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने व्यवस्था समेत सम्झौतापत्रमा उल्लेख रहेको छ ।