मलामी बोकेको ट्रयाक्टर दुर्घटना : एकको मृत्यु, ३४ जना घाइते



अछाम ।
.जिल्लाको पञ्चदेवल विनायक नगरपालीका वडा नम्बर ४ कालीकास्थानमा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन ।

पञ्चदेवल विनायक नगरपालीका वडा नम्बर २ बाट मलामी बोकेर कर्णाली नदी बेलखेत जाँदै गरेको ट्याक्टर कालीकास्थानमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको स्थानीय र प्रहरीले उद्दार गरी स्वास्थ्यचौकी कुच्चीमा पठाएको थियो ।

घाइते २५ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल मंगलसैन पठाइएको छ भने ९ जना सामान्य उपचारपछि घर फर्किएका छन । दुर्घटनामा पञ्चदेवल विनायक नगरपालीका वडा नम्बर ६ तोलीका बृख विककाे घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना के कति कारणले भयाे भन्ने अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विनायकका प्रमुख अशोक खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्