एसबीआई बैंकले २ अर्बको ऋणपत्र ल्याउँदै



काठमाडौं । नेपाल एसबीआई बैंकले २ अर्ब रुपियाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

एसबीआईले १० वर्ष अवधि भएको ‘नेपाल एसबीआई बैंक डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९.७५% ब्याजदर तोकिएको छ । एसबीआई बैंकको डिबेन्चरमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्