दिगो विकास लक्ष्यको कार्यान्वयनमा जोड



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गर्दै अल्पविकसित राष्ट्रहरूमा दिगो विकास लक्ष्य (एसडीजी) को कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।

उहाँले एलडीसीहरूको लागि दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न र नवप्रवर्तन र प्रविधि हस्तान्तरण मार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडीसीहरूलाई सहयोग गर्न विश्वव्यापी समुदायलाई आग्रह गर्नुभयो । उपाध्यक्ष श्रेष्ठले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामासमेत जोड दिनुभयो । ‘एलडिसीहरु विश्वव्यापी फोकसको केन्द्रविन्दु हुनुपर्छ, एलडिसी सफल भए एसडिसीहरु सफ हुन्छन्’ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।

अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडीसी) हरुको तर्फबाट सम्वोधन गर्नुभएको हो । यसअघि उपाध्यक्ष नेतृत्वको टिम मञ्चको तीनदिने उच्चस्तरीय सम्मेलनको उदुघाटन शत्रमा समेत सहभागी भएका थिए ।

फोमरमा विभिन्न देशका मन्त्री स्तरीय प्रतिनिधिहरुको सहभागीता छ । उपाध्यक्षश्रेष्ठले उच्चस्तरीय पोलिटिकल फोरममा सहभागी हुन नेपाली टोली १३ जुलाईमा अमेरिकाको न्यूयोर्क पुगेको थियो । उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा संघीय सांसद सदस्य तथा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद तथा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला र माओवादी सांसद माधव सापकोटा, योजना आयोगका सदस्यसचिव तोयनारायण ज्ञवालीलगायतका अधिकारी तथा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अधिकारीहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्