सुदूरपश्चिममा ‘आरआइटी’को टिम हटाइयो, २ प्रहरी कारबाहीमा



धनगढी ।

नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को टिम खारेज गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी)भरत बोहराले कञ्चनपुरको बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि दरबन्दी फिर्ता गर्दै आरआइटी टिम खारेज गरेका हुन्।

दरबन्दी फिर्ता गर्दै प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धीत ठाउँमा रमाना गरेर पठाइएको छ भने आक्रमणको आरोप लागेका दुई जना प्रहरीमाथि अनुसन्धान थालिएको छ।

शुक्रबार राती कञ्चनपुरको बेलौरी बजारमा रहेको फेमली रेष्टुरेष्टका सञ्चालक सुरेशकुमार वडायकमाथि धारिलो वस्तुले प्रहार गरेको आरोप लागेपछि सहायक हवलदार दिप पाण्डे र प्रहरी जवान हेमराज भट्टमाथि अनुसन्धान भइरहेको स्रोतले बताएको छ।

आरआइटीले अपराध, अनुसन्धान तथा लागुऔषध दुव्र्यशनीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको थियो। डिआइजी बोहराले आरआइटीको टिममात्र हटाइएको बताए। उनका अनुसार अब नयाँ टिम आउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्