उद्धारका लागि सशस्त्र प्रहरी बल तयारी अवस्थामा



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य क्षति न्यूनीकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी हालतमा राखेको छ ।
सशस्त्र प्रहरी बलका सह प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार सशस्त्रको प्रधान कार्यालयसहित कोसीस्थित नं. १ बराह वाहिनी सुनसरी, नं. ६ महेश्वरी वाहिनी सुर्खेत, नं. ७ वैद्यनाथ वाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौं र नं. २४ कालिका गण कास्कीमा डोजर र लोडर गरी १३ वटा हेभी इक्युपमेन्टलाई तयारी हालतमा राखिएकोे छ ।

कोसी प्रदेशको सुनसरीदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म गरी ३१ जिल्लाका ४४ वटा सशस्त्र प्रहरी बलको युनिटहरूमा १ सय ७ वटा मोटरबोट र ¥याफ्टबोट तथा १४ जिल्लाका १७ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटहरूमा ३३ वटा डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनरहरूसमेत तयारी हालतमा राखिएको छ ।

त्यस्तै, ८ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स तथा जनशक्तिसहित नं. १ बराह वाहिनी सुनसरी, नं. २ छिन्नमस्ता वाहिनी महोत्तरी, नं. ४ मुक्तिनाथ वाहिनी कास्की, नं. ५ विन्ध्यावासिनी रूपन्देही, नम्बर ६ महेश्वरी वाहिनी सुर्खेत, नम्बर ७ वैद्यनाथ वाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंमा तयारी हालतमा राखेको छ ।

डीएसपी थापाका अनुसार नं. १ बराह वाहिनी सुनसरी, नं. २ छिन्नमस्ता वाहिनी महोत्तरी, नं. ४ मुक्तिनाथ वाहिनी कास्की, नं. ६ महेश्वरी वाहिनी सुर्खेत, नं. ७ वैद्यनाथ वाहिनी कैलाली, नेपाल एपीएफ अस्पताल बलम्बु, क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा ‘ए’ क्लासका ८ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

उहाँले सशस्त्र प्रहरी बल नेपालले सातै वटा प्रदेशमा रहेका सशस्त्र प्रहरी बल नेपालका वाहिनी मुख्यालयहरू, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौंमा आवश्यक उपकरणसहित विपद् व्यवस्थापन तालिम प्राप्त गोताखोर परिचालित रहेको पनि बताउनुभयो ।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपालका सातैवटा प्रदेशमा रहेका वाहिनी मुख्यालयहरू नं. ९ पशुपतिनाथ वाहिनी काठमाडौं, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २० विपद् उद्धार उपत्यका गण काठमाडौं, रेस्क्यु टावर फेवाताल कास्की र रेस्क्यु टावर नारायणी नदी किनार चितवन, विपद् व्यवस्थापन केन्द्रहरू मूलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, बेनी म्याग्दी, भालुवाङ दाङ, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरामा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन टोली आवश्यक उपकरणसहित खटिएको छ ।

मनसुनजन्य क्षति न्यूनीकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले सातवटै वाहिनी मुख्यालयहरूमा एक÷एक प्लाटुन, नम्बर ९ पशुपतिनाथ वाहिनीमा एक प्लाटुन, १० वटा शिक्षालयमा एक–एक प्लाटुन, सम्पूर्ण गणहरूमा एक÷एक प्लाटुन तथा गुल्म र अन्य युनिटहरूमा एक–एक सेक्सन आवश्यक सामग्रीसहित तयारी हालतमा राखेको छ । साथै बाढीका कारण पानीका स्रोतहरूमा क्षति भएमा तत्काल खानेपानी व्यवस्थापनका लागि उपत्यकामा ७, कास्कीमा २, बर्दघाटमा १, बाँकेमा र कैलालीमा एक–एक गरी १२ वटा स्थानमा डिप ट्युबेलसहित सशस्त्र प्रहरीको टोली तयारी हालतमा रहेको छ ।

सशस्त्र प्रहरी बल खराब मौसम र अप्ठ्यारो ठाउँमा २४ सै घन्टा उद्धार र राहतमा जुट्न तयार रहेको बताइएको छ । अप्ठ्यारो पर्दा निःशुल्क रूपमा संगठनको हटलाइन नम्बर १११४ मा फोन गर्न तथा आफू नजिकको युनिटमा खबर गर्न सकिनेसमेत डीएसपी थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्