मानसिक स्वास्थ्य पनि सरकारको प्राथमिकतामा पर्नुपर्छ : डा.शर्मा 



काठमाडौँ। 

“विश्वमा मानसिक स्वास्थ्य समस्या कुल जनसंख्याको १२ देखि १३ प्रतिशत रहेपनि मानसिक स्वास्थ्यलाई सरकारले नसर्ने रोगको परिभाषामा राखेको छैन र प्राथमिकता पनि दिएको छैन ।”

सोमबार काठमाडौँ स्थित ग्रामिण स्वास्थ्य र शिक्षा गुठीद्धारा आयोजित “मानसिक स्वास्थ सवाल र सम्भावना– आम संचारको भूमिका” बारे छलफल कार्यक्रममा मानसिक स्वास्थ्य विज्ञ डा.विश्वबन्धु शर्माले उक्त भनाई राखेका हुन् । उनले आफ्नो ४० वर्षको मानसिक स्वास्थ्य सेवा उपचारको अनुभवमा यो समस्यालाई पनि नसर्ने रोगको परिभाषा दिई उपचारका क्षेत्रमा प्राथमिकता दिनुपर्ने बताए ।

डा.शर्माले विश्वमा नसर्ने रोग क्यान्सर, मुटु, मृगौला लगायतका क्षेत्रलाई स्वास्थ्य उपचारका बिषयलाई निकै प्राथमिकता दिईएको छ तर नेपालमा मानसिक स्वास्थ्य समस्यालाई शुरुको चरण देखि जटिल अवस्थामा पुग्दा सम्म पनि सरकारको प्राथमिकताको लिष्टमा राखेको छैन । यदि समयमै उपचार गर्न सके मानसिक स्वास्थ्य समस्याबाट धेरै मानिसले छुटकारा पाई दैनिक जीवन यापन सहज हुने भएकोले यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले आफू  सन् १९७९ सालमा मानसिक स्वास्थ्य उपचारका विषयमा अध्ययन गर्दा यो विषय सरकारको प्राथमिकतामै थिएन । “१९८२ सालबाट नेपालको वीर अस्पतालको एउटा कोठाबाट मानसिक स्वास्थ्य सेवा सुरु गर्दाको अवस्थामा कुकुरले टोक्यो भने मानसिक अस्पतालमा उपचार गर्न आउँथे” अहिले स्वास्थ्य सेवामा धेरै परिवर्तन आएकोछ । मानसिक स्वास्थ्यलाई जनमानसले सही तरिकाले बुझ्ने भएका छन् भने ।

डा.शर्माले “ मानसिक स्वास्थ्यको बिषयलाई आम संचार माध्यमबाट  सन्देश फैलाउँनका लागि यस्ता छलफल कार्यक्रम महत्वपूर्ण हुने बताए । ”  उनले शुरुका दिनमा मानसिक अस्पतालमा स्रोत, साधन, जनशक्ति, प्रचार प्रसारका माध्यम अहिले जस्तो थिएनन् । सरकारको कार्यक्रममा पनि मानसिक स्वास्थ्य उपचारले प्राथमिकता पाएकै थिएन । जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम पनि छदै थिएन ।

जब नेपालमा नीजि क्षेत्रका संचार माध्यमहरुको बिकास भयो त्यसपछि मात्र मानसिक स्वास्थ्य समस्याका बारेमा प्रचार प्रसार भयो र मानिसले उपचार गरे निको हुन्छ भन्ने बुझे र अस्पताल र चिकित्सकको खोजी गर्न थाले । पछिल्लो समय मानिसको जीवनशैलीसँगै मानसिक स्वास्थ्य समस्या पनि बदलिँदै गएकोछ । वर्तमान अवस्थामा मानिसको महोत्वाकांक्षा र आवश्यकता बढे र रोगको प्रकृति पनि बदलिंदै गयो । मानिसको आयु बढ्यो, खानपान राम्रो हुनु, स्वास्थ्यमा सेवा विस्तार हुनु सकारात्मक विषय हो । साथ साथै बृद्ध अवस्थामा मानसिक रोगको समस्या पनि स्वाभाविक रुपमा वृद्धि भयो ।

ज्येष्ठ नागरिकलाई पछिल्लो समय एक्लोपनले पनि डिप्रेसन, मानसिक स्वास्थ्य समस्या बढ्दोछ । त्यसैगरि बालबालिकाहरुलाई सामाजिक सञ्जाल, ग्याजेट, मोबाईल, इन्टरनेट लगायको अधिक प्रयोगले अनिन्द्रा बढ्ने र अनलाईनमा गेम खेल्ने, जुवातास खेल्ने, आफ्नो तहभन्दा माथिको फिल्महरु हेर्ने, अश्लिल फिल्म हेर्ने र त्यसको दुरुपयोग गर्दा विद्यालय तहमै बालबालिकाहरु यौन शोषण जस्ता घटनाको सिकार हुँदा मानसिक समस्या बढ्दो क्रममा छ । यसका साथै आफ्नै परिवार, नातागोता र परिचितहरूबाट पनि बालबालिकाको यौनशोषण हुने गरेको पाईएकोले यस्ता घटनाप्रति परिवार जबाफदेही हुनुपर्छ डा. शर्मा भन्छन् ।

मानसिक समस्याको समाधानका लागि स्वस्थ खानपान, दैनिक गतिविधि र गुणस्तरीय निन्द्रा हुनु जरुरी छ । हरेक मानिसका लागि कम्तीमा ७ देखि ८ घण्टा निन्द्रा पुरा हुनुपर्छ । नेपालीहरुको विगत ५० बर्षमा जीवनस्तर धेरै परिवर्तन भएको छ । खानपान र जीवन शैली अस्वस्थकर बन्दैछ । हरेक दिन खाना खाने, काम गर्ने, सुत्ने समयलाई निश्चित समय निर्धारण गर्न सके मानिस स्वस्थ हुन्छ ।

सोही कार्यक्रममा जनस्वास्थ्यविज्ञ डा.अरुणा उप्रेतिले खानपान र मानसिक स्वास्थ्यको गहिरो सम्बन्ध रहेको एउटामा समस्या हुँदा अर्कोलाई असर पर्ने भएकाले खानपान र जीवनशैलीप्रति सजक हुन आग्रह गरे । वर्तमान परिस्थितमा बालबालिकालाई जंकफुड लगायतका बजारिया खाना खुवाउनु भन्दा घरमै बनाएका खाना खुवाउनुपर्ने कुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्