सेयर बजार २५.३१ अंकले बढ्याे

0
Shares

काठमाडौं ।

केही दिनको साइडवेज प्रवृत्तिपछि नेप्सेले बुधबार फेरि गति लिएको छ । यस दिन नेप्से सूचक २५.३१ विन्दुले बढेर २०९७.५५ अंकमा आएको छ । ३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनी सकारात्मक सर्किट लेवलमा कारोबार भएका छन् । बुधबार हाइड्रोपावर समूहमा सबैभन्दा धेरै वृद्धि भएको छ ।

असार मसान्तको प्रभावका कारण बजार यसअघि केही दिन सुस्त र सामान्य रहेको थियो । तर, बुधबारबाट फेरि गति लिने संकेत देखिएको छ । असार मसान्त नजिकिंदै गर्दा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अधिक तरलताकै कारण अन्तर बैंक ब्याजदर एक प्रतिशतकै लाइनमा आइसकेको छ ।

यस्तै, सीडी रेसियो पनि ८२ प्रतिशत हाराहारीमा झरिसकेको छ । यसको अर्थ वित्तीय प्रणालीमा तरलता निकै सहज भएको छ । यस दिन २८९ कम्पनीको ८५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । झन्डै ३४ करोड रुपैयाँसहित कारोबारको शीर्ष स्थानमा शिवम् सिमेन्ट्स रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटल परेका छन् ।