नेपालको गुराँसलाई चेक गणतन्त्रमा अवार्ड

0
Shares

नेपालको फिल्म गुराँसले चेक गणतन्त्रमा आयोजित कार्लोभी भेरी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेको छ।

फेस्टिभलमै वल्र्ड प्रिमियर गरिएको गुराँस प्रोक्सिमा जुरी अवार्ड चुम्न सफल भएको हो। नेपाल र भारतको संयुक्त प्रोजेक्ट रहेको उक्त फिल्मको प्रिमियरमा सहभागी हुन अभिनेत्री मेनुका प्रधान तथा निर्देशक सौरभ राई चेक गणतन्त्र पुगेका थिए।

फिल्ममा एक दश वर्षीया बालिकाले आफ्नो हराएको कुकुर खोज्ने क्रममा उनको नजरबाट दार्जिलिङको बदलिँदो आर्थिक तथा सामाजिक अवस्था देखाएको छ। जसमा तुलसी खवासले गुराँसको भूमिका निर्वाह गरेकी छिन् भने आमाको भूमिकामा मेनुका प्रधान छिन्। साथै, अभिनेता खगेन्द्र संग्रौलालगायतले पनि अभिनय गरेका छन्। रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेको फिल्ममा सुबल केआरको छायांकन तथा सौरभ राई र अंकिता पुरकायस्थको सम्पादन रहेको छ।

Skip This