तिलोत्तमाको चेतावनी- टेन्डर मार्फत  पोसाक खरिद गरे शैक्षिक संस्थालाई कारबाही 



बुटवल। 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसहरुले टेन्डरमार्फत  विद्यालय पोसाक खरिद गर्न नपाउने निर्देशन जारी गरेको छ ।

नगरमा सञ्चालित शैक्षिक संस्थाहरुले निश्चित व्यापारीहरुसंगको मिलेमतोमा टेन्डर मार्फत पोसाक खरिद गर्ने प्रक्रिया मिलाई विद्यार्थी र अभिभावकलाई निश्चित पसलबाट मात्र पोसाक खरिद गर्न बाध्यात्मक परिस्थिति सृजना गरेको पाइएमा त्यस्ता शैक्षिक संस्थाहरुलाई  कारवाहीको दायरामा ल्याउने चेतावनी  दिइएको छ।

शिक्षा शाखा प्रमुख गंगाराम आचार्यद्वारा जारी विज्ञप्तिमा विद्यार्थीले आफूलाई मिल्दो अनुसारको पोसाक लगाउन नपाएको भनी नगरपालिकामा विभिन्न माध्यमबाट गुनासो आएकोले नगरभित्र सञ्चालित कुनैपनि शैक्षिक संस्थाले विद्यार्थी र अभिभावकको भावना विपरीत त्यस्ता कार्य नगर्न समेत निर्देशन गरिएको छ । शिक्षा शाखाले नगरका शैक्षिक संस्थालाई दिएको निर्देशन नगर प्रमुख रामकृष्ण खाँण र उप प्रमुख नागेश्वरी देवी चौधरीलाई  बोधार्थ पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्