बाजुराका स्थानीय तहमा बेथिति 



बाजुरा ।

  सङ्घ प्रदेश सरकारले स्थानीय तह केन्द्रित बजेट विनियोजन गरेसंगैं स्थानीय तहमा  व्यापक बेथिति मौलाएको छ। योजना छनौट गर्दै आफन्तलाई सघाउने योजना निर्माण गरेर रेडिमेटरुपमा पालिकामा प्रवेश गराउँछन् । त्यो नीतिगत बेथिति भयो । कतिपय योजना नागरिकको आधारभूत आवश्यकता र प्राथमिकीकरणमा पर्देनन् । कार्यकर्ता रिझाउन  नक्कली उपभोक्ता समिति गठन गर्छन् ।

कार्यालय प्रमुखको क्षेत्राधिकार भित्र पर्ने कोटेशन पनि पास नगराई काम गराएका पनि भेटएका छन् । यसको पछिल्लो  ज्वलन्त उदाहरण सदरमुकाम मार्तडी स्थित बडिमालिका नगरपालिकाको वडा नं ६ का वडा अध्यक्ष कृष्ण खड्काले पूर्व स्वीकृति नलिई काम गराएको भनी तिसलाख रपैंयाको दाबी गरे । प्रमुख प्रशासकीय अधिकृतले सकिन्न भने पछि ज्यान मानेृ धम्की दिए । कार्यालय प्रमुखलाई ज्यान मार्ने धम्कि दिएपछि उनी फरार छन्।  त्यस्तै फरकफरक योजनामा लेनदेन कै कारण कुरा नमिलेपछि  केही दिन अघि  बुढिगंगा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष भुवन केसीका छोराले कर्मचारीलाई गालीगलोज गरेको घटना पनि बाहिरएको छ।

बुढिगंगा नगरपालिकामा कर्मचारीहरुलाई गाली गलौच तथा हातपात गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । बिहीबार नगरपालिकाको कार्यालयमै गएर हातपात गरेको आरोपमा वडा नम्मर ७ का दिलीप केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले भन्नुभयो- योजनाहरुको काम सम्पन नगरी रकम भुक्तानी गरिदिनु प¥यो दिलीप केसीले भन्नुभयो,काम सम्पन्न नगरेका योजनाहरुको भुक्तानी कसरी दिने भन्दा उल्टै आफूमाथि गाली,गलौच र हातपात गर्न खोजेको हो । आफू लगायत नगरपालिकाका अन्य कर्मचारीहरुलाई गाली गलोज गरेको अधिकृत नाथको भनाई छ ।

पक्राउ परेका केसी फोनबाट सधैँ धम्काउने गरेको अधिकृत नाथले भन्नुभयो । बुढिगंगा नगरपालिका वडा नम्मर ७ का वडा अध्यक्ष भुवन केसी भने मिथ्या आरोप मात्र हो भन्नुहुन्छ ।

सबै योजनाहरुको काम सम्पन्न गरी बिहीबार वडा सचिव र दिलीप केसी भुक्तानी लिन नगरपालिका आएका हुन , तर नगरपालिकाले भुक्तानी नदिएको अध्यक्ष केसीको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत लगायत कुनै कर्मचारीमाथि हातपात नगरेको र नियत बस फसाउन खोजिएको अध्यक्ष केसीले भन्नुभयो । उल्टै दिलीप केसीलाई बाहिर ढोका लगाएर भित्रै अफिसमै थुनेर राखेपछि प्रहरी आएर लगेको अध्यक्ष केसीको भनाई छ ।

असारको अन्तिममा आएर कार्यालय प्रमुखको स्वीकृति विना नै जनप्रतिनीधीेले कर्मचारीलाई  रवाफ, दबाबमा पारि भुक्तानी माग गर्छन् । यो अवस्थामा कमचारीले भुक्तानी दिन सकिँदैन बुढिगंगा नगरपािलकाका एक कर्मचारीले भने ।

त्यस्तै कामै नगरी बडिमालिका ६ कोर्धका वडा अध्यक्षले ३० लाख रुपैंया मागे । नगरपरिषदमा साठी हजारको बोका महंगो भयो भन्दै बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक वडा अध्यक्ष कृष्णबहादुर खड्काको ज्यानमानेृ धम्की सहनुपर्‍यो । भने आफ्ने कर्मचारीबाट तथानाम गाली खानु  प¥यो । अब यो अवस्थामा बाजुरामा कुन कर्मचारीले स्वस्फुर्तरुपमा काम गर्न आउँछ र कार्यसम्पादन हुन्छ जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीले भने । यी त प्रतिनििधमुलक घटना मात्र हुन् बाजुराका प्राय सबै पालिकामा अति बेथिति छ   कसले रोक्ने  स्थानीय बलबहादुर विकको भनाई छ।

प्रतिक्रिया दिनुहोस्