एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई



काठमाडौं ।

नेपालले एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४।५ ओभरमा मात्र ३१ रन बनाएर आउट भयो । नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनाएको थियो ।

नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित ११२ रन जोडेका थिए । निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए ।

प्रतिक्रिया दिनुहोस्