४४ वर्ष कैद सजाय तोकिएका थोकर पक्राउ 



काठमाडौँ। 

मकवानपुरको छतिवनमा भएको सामूहिक बलात्कारपछि हत्याको घटनामा संलग्न रहेको अभियोगमा ४४ वर्ष कैद सजाय तोकिएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

२०६८ असोज २६ गते राति ठुलिकान्छी बललाई गणेश ध्यावा चेतबहादुर भोलन, सूर्य थोकर  समेतका अभियुक्तहरुले पालैपालो बलात्कार गरेर धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएका सूर्य थोकरलाई उदयपुरको गाईघाटमा लुकेर बसेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी थुनामा पठाएको छ ।

जिल्ला अदालत मकवानपुरले थोकरलाई विभिन्न अभियोगमा ४४ वर्षको कैद सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्