ईप्रका दिपायलका प्रनानी थापाको बिदाइ



डोटी। 

ईलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक रुपसिंह थापाको बिदाइ गरिएको छ । सेवा अवधिको ३० वर्षको लामो समयपछि नेपाल प्रहरीबाट उहाँ आज अनिवार्य अवकाशमा पर्नु भएपछि एक कार्यक्रमकाबीच बिदाइ गरिएको हो ।

विसं २०५० सालमा नेपाल प्रहरीको प्रज पदमा नियुक्ति हुनु भएका थापा ईप्रका दिपायलको प्रमुख हुनुहुन्थ्यो । झण्डै तीन वर्ष ईप्रका दिपायलमा कार्यरत थापा अहोरात्र जनताको सेवामा कटिबद्ध रहनु भएको स्थानीयवासीहरु बताउँछन् । देश र नागरिकको सेवाका लागि आफू प्रहरी सेवामा आएको र ३० वर्षे सेवा गरेपछि आज बिदाइ भएको प्रनानी थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देश र नागरिकको सेवाका लागि प्रहरीमा सेवा गर्न आए, ३० वर्षे कार्यकाल सकेर आज बिदाइ भए, अबको बाँकी जीवन समाजसेवामा बिताउने छु ।’ जनतालाई कुनै दुःख पीडा नदिएर सधैँ शान्ति, सुरक्षा अनुभूति होस भन्ने उद्देश्यका साथ थापा आफ्नो कर्तव्यमा व्यस्त रहँदै आएको दिपायलका स्थानीय व्यापारी सर्वजित देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिपायलमा धेरै जना प्रहरी प्रमुख आउनु भयो, तर थापा सरको योगदान दिपायल तथा यहाँका स्थानीयका लागि अतुलनियछ, हामी उहाँलाई सदा सम्झिने छौँ ।’

बिदाइ कार्यक्रममा प्रनानी थापाले आफ्नो कर्तव्य निर्वाहको क्रममा कसै प्रति नराम्रो पर्न गएको भए क्षमा समेत माग्नु भएको थियो । साथै उहाँले ईप्रकामा कार्यरत रहँदा साथ सहयोग गर्नुहुने सरोकार वाला सबै पक्षलाई धन्यवाद समेत दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्