नेपालमा पहिलोपटक उच्च गुणस्तरको अल्कालाईन थोपा



काठमाडौं । सनवीम हेल्थ केयर प्राइमेट लिमिटेड (प्रालि)ले नेपालमा पहिलोपटक अल्कालाईन थोपाको औपचारिक रुपमा शुरुवात गरेको छ ।

अल्कानिर इन्टरप्राइजेजले उक्त थोपा नेपालको लागि आधिकारीक विक्रेता सनवीम हेल्थ केयर प्रालिलाई नियुक्त गरेको छ ।

कम्पनिले हाल नेपालमा पाइने बिभिन्न बोतल, जार तथा धाराको पानीमा पीएच लेभल, मिनिरलहरुको बिधमान अवस्थाबारे जाँच गर्दा उपरोक्त धाराका पानी, बोतल तथा जारहरुमा रहेका पानीमा पिएच लेभल मिनिरलहरुको अवस्था न्यून रहेको पाइएको जनाएको छ ।

पिएच लेभल ७ भन्दा कम पानीलाई अम्लिय पानी भन्ने गरिन्छ । यस्ता प्रकारको सफा दुई लिटर पानीमा अल्कालाईन एक थोपा राख्दा सो पानी अल्कालाईन पानीमा तुरन्त परिणत भएर जान्छ ।

अर्थात् पानीमा चाहिने आवश्यक तत्व ट्राइपोटासियम फास्फेट, पोटासियम बाइकार्बोनेट, पोटासियम हाइड्रोक्साइड, सोडियम हाइड्रोक्साइड, म्याग्नेसियम क्लोराइड, क्याल्सियम क्लोराइड पाईन्छ । अल्कालाईन ड्रप उत्पादन कम्पनी अल्कानियर उद्यम, डब्लुएचओ जीएमपी, आईएसओ प्रमाणीत कम्पनी हो ।

अन्तराट्रिय संस्थाहरुले यसको गुणस्तर परीक्षण गरि प्रमाणीकरण गरेको छ जस्तै एफडिए, दिल्ली पानी र सामान्य क्षारीय प्रयोगशाला परिक्षण पानीको प्रयोगले अम्लिएपन तथा कब्जीयत भएका मानिसहरुलाई सकारात्मक प्रभाव पारेको छिट्टै अनुभव गरिएको छ भने दैनिक क्षारीय पानीको प्रयोगले मानिसहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव देख्न पाईन्छ ।

अल्कालाईन थोपा २ बर्ष मुनिका बच्चाहरु बाहेक सवै किसिमका मानिसहरुले प्रयोग गर्न सकिन्छ । क्षारीय पानीको प्रयोग मधुमेय, उच्च रक्तचाप क्यान्सर भएका मानिसहरुले पनि प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्