ऋतिक र आईएसएलाई उपाधि



काठमाडौं, (नेस) । टिम ऋतिक र आईएसए नेपालले ट्रिटन एसइइ अपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । ऋतिक ब्वाइज तथा आईएसए गल्र्समा च्याम्पियन बने ।

ट्रिटन इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ऋतिकले एसकेसीलाई १८–१७ को साँघुरोअन्तरले पराजित ग¥यो ।

कोटेश्वरस्थित आयोजकको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा आईएसएले बार्बो, भक्तपुरलाई १२–७ ले हरायो ।

ब्वाइजमा ऋतिकका सुमित खत्री तथा गल्र्समा आईएसएका सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित छात्रवृत्ति प्रदान गरिएको प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन् ।

ब्वाइजमा ३२ टिमले नकआउट तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्