गुल्मी वामीटक्सारका धर्मेन्द्र ४ दिनदेखि समर्पक विहीन, खोजीका लागि परिवारको अपिल 



बुटवल । 

गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार पल्टार बजारमा घर भएका ७२ वर्षीय धर्मेन्द्र प्रधान ४ दिनदेखि  सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि अपिल गरेका छन् ।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरबाट आइतबारेदेखि प्रधान सम्पर्कविहीन भएको परिवारले जनाएको छ । ज्योतिनगरस्थित आफ्नी बहिनीको घरबाट आइतबार बिहान अन्दाजी साढे ६ बजेको देखि हराएका उनलाई खोजीका लागि परिवारले आग्रह गरेका छन् ।

मानसिक सन्तुलन कमजोर भएका उनले कालो कलरको ट्राउजर र गुलाबी कलरको टिसर्ट लगाएर घरबाट निस्किएको परिवारले जनाएको छ । सेतो कपाल र सेतो दाह्री भएका उनलाई भेटाउने जो कोहीले खबर गरिदिनका लागि उनका भाइ राजेन्द्र प्रधानले आग्रह गरेका छन् ।

भाइ राजेन्द्रको मोबाइल नम्बर ९७६२२३६१९६ वा सम्पर्कविहीन बनेका प्रधानका ज्वाइँ जीवन श्रेष्ठको मोबाइल नम्बर ९८४७०२१३४८ मा सम्पर्कका लागि परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्