ढुङ्गाले कुटीकुटी बुटवलमा एक पुरुषको हत्या, २ जना पक्राउ 



बुटवल ।

बुटवल उपमहानगरपालिका- ११ देविनगरमा ढुङ्गाले कुटीकुटी एक पुरुषको हत्या गरिएको छ । ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरुको एक समूहले कुटपिट गरी हत्या गरेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताउनु भयो ।

हत्यामा संलग्न भएको आरोपमा नगरको देव सिद्ध चोकबाट ११ वर्षीय नावालकसहित ३१ वर्षीय गणेश थापा मगरलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक पौडेलले बताउनु भयो ।

बुटवल देविनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा पैसा लुटपाट गर्ने उद्देश्यले ढुङ्गाले टाउको लगायतका अङ्गहरुमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन ।

चौधरी थरको भन्ने आएको छ, अन्य थप जानकारी सङ्कलन गर्ने काम जारी रहेको   निरीक्षक पौडेलले बताउनु भयो ।

हत्यामा संलग्न युवाहरु बजार क्षेत्रमा दिनभरी कवाड सङ्कलन गर्ने ,लागूऔषध सेवन गर्ने तथा लुटपाटका गतिविधि समेत गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्