शान्ति समाजद्वारा दृष्टि विहीनलाई झुल प्रदान 



बुटवल। 

मानव अधिकार तथा शान्ति समाजको २८ औँ आफ्नो स्थापना दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो । स्थापना दिवसका अवसरमा रुपन्देही जिल्ला शाखाले बुटवल १३ बेलबास जवईस्थित दृष्टिविहीन संरक्षण केन्द्रमा आश्रित रहेका दृष्टिबिहिनलाई झुल वितरण गरेको छ ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति खिमप्रसाद भट्टराई कृष्णले गर्मी याममा लामखुट्टेको बिगबिगी रहेको र दृष्टिबिहिनहरुलाई लामखुट्टेको टोकाईबाट लाग्ने रोगहरुबाट जोगाउने उद्देश्यले झुल वितरण गरिएको बताउनु भयो । कुल १५ जना दृष्टिबिहिन अनाथहरुका लागि झुल वितरण गरिएको शान्ति समाज रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्लामा रहेर पनि खासै कसैको नजर पुग्न नसकेको उक्त दृष्टिविहीन संरक्षण केन्द्रका संरक्षकका रुपमा रहेका पदम नेपालीले गुनासो गरेका छन् ।
संरक्षक नेपालीका अनुसार उक्त केन्द्रमा हाल विभिन्न जिल्लाका १५ जना दृष्टिविहिनहरुले आश्रय लिइरहेका र ति दृष्टिविहिनहरुले बजारका विभिन्न स्थानमा चोक चोकमा गीत गाएर आफ्नो कला प्रस्तुत गरेर जीवन निर्वाह गरिरहेका छन् । कार्यक्रममा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल, पूर्वकेन्द्रिय सदस्य तथा जिल्लाका पुर्वसभापति कृष्ण पराजुली, नेपाल बजारका प्रवन्धक विश्वमणि भुसाल, शान्ति समाज रुपन्देहीका सचिव कृष्ण पाण्डे, सहसचिव सिता पौडेल, लगायतले बोल्दै सामाजिक क्षेत्रमा समाजले खेलेको भूमिकाको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्