सांसद विकास कोष खारेज गर्न माग गर्दै रास्वपाद्वारा संकल्प प्रस्ताव दर्ता


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेज गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेको छ।
रास्वपाको बिहीबार बसेको संसदीय दलको बैठकले सांसद विकास कोष खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय भएको मुख्य सचेतक सन्तोष परियारले जानकारी दिए ।

पार्टी सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका कारण कार्यवाहक दलका नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा संसदीय दलको बैठक बसेको थियो । सरकारले जेठ १५ गते बजेट भाषण गर्दै आगामी वर्षका लागि प्रत्येक निर्वाचन क्षेत्रलाई पाँच–पाँच करोडका दरले रकम विनियोजन गरेको छ । सरकारले स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रमकै लागि सरकारले ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।