तयारी पोशाकमा नगद अनुदान बढाउन माग

0
Shares

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले आर्थिक वर्ष २०८०/८१ को बजेटमा नगद अनुदान वृद्धि गर्न माग गर्दै १७ बु“दे सुझाव बुझाएको छ । तयारी पोशाकलाई प्रतिस्पर्धी बनाउन सरकारले नगद प्रोत्साहन बढाउनुपर्ने, सहुलियतपूर्ण कर्जा सुविधा दिइनुपर्ने तथा निर्यातको एक प्रतिशत बराबर प्रवद्र्धनमा खर्च गरिनुपर्ने लगायतका सुझाव पेश गरेको छ ।

संघले निर्यातवापतको नगद प्रोत्साहन १० प्रतिशत पु¥याउन माग गरेको छ । संघले अर्थ मन्त्रालयसहित सरकारका विभिन्न निकायमा पेश गरेको सुझावमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली सहज बनाउनुपर्ने, निर्यातकर्तालाई ८० प्रतिशतसम्म चालू पु“जी कर्जा सुविधा उपलब्ध गराइनुपर्ने तथा कोरोनाकालमा उपलब्ध गराइएको कर्जा अवधि तीन वर्ष पु¥याइनुपर्ने उल्लेख छ ।

यस्तै, संघले राष्ट्रिय प्राथमिकताको परियोजनाहरुका लागि लिइ“दै आएको सहुलियतपूर्ण ऋण तयारी पोशाक उद्योगहरुका लागि पनि लिइनुपर्ने, तयारी पोशाक उद्योगका निमित्त लचिलो श्रम नीति लागू गरिनुपर्ने, निर्यातका निमित्त सरकारी लगानीमा सिपिङ कन्टेनरको व्यवस्था गरिनुपर्ने तथा पुनकर्जा तथा निर्यातकर्जाको समयावधि न्यूनतम तीन वर्ष कायम गरिनुपर्ने माग राखेको छ ।

प्रि सिपमेन्ट कर्जा कोभिड अगाडिजस्तै सहज हुनुपर्ने तथा खरीद अर्डर गर्दा बिनाधितो विदेशी मुद्रामा नै भुक्तानी गर्ने व्यवस्था हुनुपर्ने माग तयारी पोशाक उद्योग संघले गरेको छ ।

फ्रेट सेवावापत अग्रिम आयकर कट्टीको व्यवस्था हटाइनुपर्ने, निर्यातबाट प्राप्त हुने आयमा लाग्न कर २५ प्रतिशतबाट १० प्रतिशतमा सीमित गर्नुपर्ने एवं एक्जिम कोड मूल भन्सार कार्यालयबाटै परिवर्तनको व्यवस्था हुनुपर्ने माग संघको छ ।

संघले बैंक ग्यारेन्टी परिवर्तन एवं फुकुवासम्बन्धी व्यवस्था खुकुलो बनाइनुपर्ने, उद्योगले आयात गर्ने कच्चा पदार्थ तथा मिल मेसिनरीहरु भन्सार जाँचपास हुँदा ग्रिन च्यानल विधिबाट छिटोछरितो कार्यसम्पादन हुने व्यवस्था गर्नुपर्ने माग पनि गरेको छ ।