पदम प्रसाद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति चयन



बुटवल । 

राष्ट्रिय जनमोर्चा, बुटवल उपमहानगरपालिकाको तेस्रो नगर सम्मेलन नयाँ नेतृत्व चयन गर्दै बिहीबार बुटवलमा सम्पन्न भएको छ ।

सम्मेलनले पदम प्रसाद श्रेष्ठको अध्यक्षतामा १३ पूर्ण र ४ वैकल्पिक गरी १७ सदस्यीय नगर कार्य समिति सर्वसम्मत चयन गरेको सो पार्टीले जनाएको छ ।

जसमा उपाध्यक्ष माया  खनाल, सचिवमा गंगालाल सापकोटा, कोषाध्यक्षमा गोपाल गैरे, सहसचिवमा गोपाल वञ्जाडे निर्वाचित हुनु भएको छ । यसैगरि सदस्यहरुमा शशी पौडेल, दिलप्रसाद नेपाली, रेनु सिंह, मुक्ति सापकोटा, कृष्ण बराइली, भोला भुसाल, विष्णु विक, अमृता पुन रहनु भएको छ । वैकल्पिक सदस्यमा दिपक योगी, विष्णुमाया बेल्वासे, शेरबहादुर थापा र एकल रिजाल चयन हुनु भएको छ ।

सम्मेलनले सल्लाहकारमा कृष्णप्रसाद पोखरेल, दिपक थापा, राप्रसाद पाण्डे, रामबहादुर विक, उमलाल वञ्जाडे, गनीराम बिसी, थम्मन बहादुर पुलामीलाई चयन गरेको छ ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा रुपन्देही अध्यक्ष बद्रे आलमले निष्ठा र नैतिकताको राजनीति हराउँदै गएको वर्तमान अवस्थामा जनताका समस्याहरु समाधान गर्ने आन्दोलन कमजोर बनेको बताउनु भयो । पछिल्ला दिनहरुमा देखा परेका अराजनैतिक क्रियाकलापले पार्टीहरुले निष्ठा गुमाएको जिकिर गर्दै जनताको पक्षमा बोल्ने र सङ्घर्ष गर्ने उभ्याउन कार्यकर्ताहरुलाई आलमले आग्रह गर्नु भयो ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठले पार्टीलाई जनताको माझमा जनताको साथमा लैजानको लागि बलियो संगठनको आवश्यकता पर्ने हुँदा त्यसमा सबैलाई सक्रिय भएर लाग्न आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्