कम्पनीले देख्दैन कि नियमकले हेर्दैन, पूर्व-पश्चिम फोरलेन सडक



नवलपरासी ।

फोरलेनमा विस्तारित पूर्व-पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्डको काममा चाइना कम्पनीले देख्दैन कि नियमकले हेर्दैन जनताले प्रश्न गरेका छन् ।

आर्थिक वर्ष ०७५र०७६ मा सडक बिस्तारको काम थालेर ०७९ मा निर्माण सक्ने जिम्मेवारी लिएको चाइना स्टेट कर्पोरेसनको ढिलासुस्ती र आलटाले कामले यात्रु र सवारी चालक आजित भएका छन् ।

त्यसै गरी ढिला गरी भइरहेका साइटका नाला बनाउने र बिद्युत् पोल गाड्ने काममा पनि एकरूपता नदेखिएको  पूर्वी नवलपरासी कावासोतीका सन्तोष शर्माले  बताए ।

सडकमा तयारी नाला हालिएको त छ तर साइजमा नहुँदा छड्के पर्दै जान्छ जतिनै मिलाउन खोजे पनि हुँदैन एक कामदारले गुनासो गरे ।
त्यसै गरी प्राविधिक निरीक्षण बिनै अन्धाधुन्ध गाडिएका बिजुलीका खम्बा नागबेली परेका देखिन्छन् ।

विगतमा सडकको उत्तरी भागबाट आउने पानी कटाउन बनेका कल्भर्टलाई बढाउनुको साटो घटाइएको छ भने मुख्य बजार क्षेत्रमा साईडनाला हालेर मुख टालिएको छ ।

यसै सम्बन्धमा चाइना स्टेट कम्पनीका  इन्जिनियर राकेश झा यस विषयमा जनस्तरबाट गुनासो आएको र आफूले कम्पनीका ईन्जिनियरसंग बुझी सकेको बताए ।

उनले भने तोकिएको डिजाइनमै काम भएको छ निर्माण पछि पनि हस्तान्तरणको अन्तिम अवधि ५ वर्षको हुन्छ कहीँ कतै  नमिलेका कुरा सच्चिनेछन् ।

कार्य प्रगति ३१ देखि ३५ प्रतिशत

इन्जिनियर झाले सडक बिस्तार तथा निर्माण प्रगतिका बारेमा मङ्गलवार १४ मईसम्म पूर्वी खण्डको कार्य प्रगति ३४ दशमलव ९५ प्रतिशत झन्डै ३५ नै पुगेको बताए ।

त्यसै गरी पश्चिम खण्डमा हाल सम्म ३० दशमलव ८१ प्रतिशतको हाराहारीमा कार्य प्रगति रहेको छ । झा का अनुसार निर्माण कम्पनीले कार्य प्रगतिको लेखाजोखा दैनिक रूपले विभाग र मन्त्रालयमा पठाउने गरेको छ ।

कम्पनीले हप्ता  हप्तामा प्राविधिकहरूसङको बैठक राखेर समीक्षा गर्ने र कार्य प्रगतिमा जोडदिने गरिएको पनि इन्जिनियर झाले बताए ।
यसैबीच कम्पनीले निर्माण सक्न ५ सय ४१ दिनको थप समयावधि लाग्ने अनुमान गरी म्याद थपको प्रस्ताव अघि सारेको बुझिएको छ ।

घाम लाग्दा सडकमा कुईरिमण्डल धुलो उड्छ भने पानी पर्दा हिलै हिलो जसको असर सवारी चालक, यात्रु तथा सडक छेउका स्थानीयले दैनिक रूपमा भोग्नु परेको छ ।

सहरी क्षेत्रमा ६ लेन,वन तथा खाली ठाउँमा ४ लेन र दाउन्ने पहाडमा ३ लेन रहने गरी डिजाइन भएको १ सय १४ किमी लामो यो सडकको दाउन्ने क्षेत्रमा  भित्तो काटेर सडक चौडा पार्ने र पर्खाल लाउने काम पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्