भोलिदेखि चेम्बर एक्स्पो

0
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैठौं चेम्बर एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा बिहीबारबाट शुरु हुनेभएको छ । जेठ ४ गतेदेखि ८ गतेसम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसंगै विभिन्न अन्तर्राष्ट्रिय वस्तुको प्रदर्शनी गरिने आयोजक नेपाल चेम्बर अफ कर्मसले जनाएको छ ।

छैठौं संस्करणमा व्यापारिक अन्तत्र्रिmया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली वस्तुको बजारीकरणमा जोड दिइने अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन, उपभोक्ताको चाहना एवम् बजारीकरण तथा व्यापारिक गतिविधिको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ ।

एक्स्पोमा नेपाली हस्तकलाका उत्पादन, घरेलु उत्पादन तथा खाद्यन्न, जटिवुटीजन्य वस्तुको प्रदर्शनी गरिने चेम्बरले जनाएको छ । यस्तै अटोमोवाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुहरु समेत राखिने छ । मेलाको करिव डेढ लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको व्यापार मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताउनुभयो ।

मेलामा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीको स्टल रहनेछ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय बस्तु प्रयोग गर्नका लागि उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।