मंगलबार सुनको मूल्य वृद्धि, चाँदीको मूल्य स्थिर

0
Shares

काठमाडाैं  ।

 नेपाली बजारमा  मंगलबार सुनको मूल्य  वृद्धि भएकाे छ  भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज  पनि प्रतितोला तीन सय रुपैयाँ नै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमाबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।