भ्रातृ संगठनविरुद्ध विद्रोह गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले राजनीतिक दलका भ्रातृ संगठनविरुद्ध विद्रोह गर्ने चेतावनी दिएका छन् ।

 शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले विद्यालयमा राजनीतिक दलका भ्रातृ संगठनको हुने राजनीतिक गतिविधि नरोकिए विद्रोह गर्ने चेतावनी दिएका हुन् ।

 काठमाडौं–८ बाट निर्वाचित सांसद श्रेष्ठले आफ्ना भ्रातृ संगठनलाई विद्यालय क्षेत्रमा गतिविधि नगर्न सुझाउन दलहरुलाई सुझाव दिए । कानुनविपरीत राजनीतिक दल र भ्रातृ संगठनका गतिविधिबारे आफूहरुको ध्यानाकर्षण भएको बताउँदै उनले विद्यालयमा हुने झण्डाहरूसहित राजनीतिक कार्यक्रम रोक्न खोज्दा अभद्र व्यवहार गरेको जानकारी गराए ।

विद्यार्थीहरुको भविश्यमा खेलवाड गर्न नपाइँने भन्दै उनले माध्यामिक तहमा राजनीतिक दलका गतिविधि नरोकिए विद्रोह गर्ने राजनीतिक दललाई चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्