शाखा अधिकृतसहित दुई जना रंगेहात पक्राउ



काठमाडौँ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उद्योग विभागकी शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापालाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

अख्तियारको स्टीङ टोलीले उनीहरु दुबैलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ  घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरु उद्योग विभागको औद्योगिक सम्पत्ति शाखामा कार्यरत थिए ।

अख्तियार टोलीले शाखा अधिकृत घिमिरेको कार्यकक्षबाट स्रोत नखुलेको ३७ हजार ५ सय ३२ रुपैयाँ  पनि बरामद गरेको छ । उनले कम्पनीको ट्रेड मार्क दिने कार्यमा सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्