बारामा १५ प्रतिशत मत खस्याे

0
Shares

काठमाडौं ।

बारा -२ मा आज भइरहेको उपनिर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होबिन्द्र बोगटीका अनुसार शान्तिपूर्ण भइरहेको निर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको हो ।

उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाह लगायत १० दलका नेताले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी स्वतन्त्रबाट २४ जनाले उम्मेदवारी दिएका छन् ।निर्वाचनमा प्रहरी, सेना र सशस्त्र प्रहरी गरी तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी खटिएको जानकारी एसपी बोगटीले दिए ।