‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन, दमकमा अन्त्यष्टी गरिने

0
Shares

झापा ।

‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको निधन भएको छ।

 मेडिसिटी अस्पतालमा उपचारको क्रममा भिसी क्याप्टेन लिम्बुको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि चिकित्सकको सल्लाह र सुझावमा उनलाई ललितपुर स्थित मेडिसिटी अस्पतालमा ल्याएर उपचार सुरु गरिएको थियो, छोरा मोहन बेघा लिम्बूले भने । उनका अनुसार ६ महिना देखी बिरामी परेको भिसी क्याप्टेन लिम्बु पछिल्लो एक महिनामा देखी भने निकै बिरामी भए पछि अस्पतालमा राखेर उपचार गराईदै आईएको थियो ।
दमक–८ का स्थायी बासिन्दा लिम्बूको मिर्गौला र मुटु सम्बन्धी रोगबाट पीडित थिए । लिम्बूको अन्त्येष्टि दमकमा गरिने परिवारजनले जनाएको छ ।