काठमाडौं ।
सर्वोच्च अदालतले सिंहदरवारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरवारभित्रको फोहोर तत्काल उठाउन आदेश दिएको हो।
सिंहदरवारको फोहोर नउठाउने भनी काठमाडौं महानगरपालिकाका मेयर बोलेन साहले घोषणा गरेका थिए ।
त्यसविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले गत सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।











प्रतिक्रिया