कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, कति थपिए सङ्क्रमित ?

0
Shares

काठमाडौँ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी जम्मा १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोना संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय संक्रमण दर दिनप्रतिदिन बढ्दै गएपछि मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।