प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीश नियुक्तिसहितका विषयमा छलफल भएको छ ।

शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच प्रधानन्यायाधीशसहितत संवैधानिक नियुक्ति, संसदीय समिति गठन लगायतका छलफल भएको भएको हो ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

गत बुधबार प्रधानन्यायाधीशसहित संवैधानिक निकायमा पदपूर्ति गर्नेसम्बन्धमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका शीर्षनेताबीच छलफल भएको थियो ।