काठमाडौं । रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडीमाथि तोडफोड भएको छ ।
तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएका छन् ।
आज (शुक्रबार) बिहान ६ बजे गाडी तोडफोड भएको प्रहरीले भनाइ छ ।
प्रहरीको अनुसार गएराती करिब १ बजे अज्ञात समूहले गाडी तोडफोड गरेका हुन् । यस घटनाबारे थप अनुसन्धान भईरहेको बताइएको छ ।











प्रतिक्रिया