निर्वाचन क्षेत्रमा शक्ति केन्द्रित दलहरु 

0
Shares

आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि आफ्ना उम्मेदवारका पक्षमा मत बढाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले निर्वाचन क्षत्रमा सक्रियता बढाइरहेका छन् । नयाँ दलका उम्मेदवारहरुले स्थापित दलहरुमाथि चुनौती बढाएसँगै पुराना दलहरुले उपनिर्वाचन क्षेत्रतर्फ शक्ति केन्द्रित गरेका हुन् ।

अहिले सबै दलका शीर्ष नेताहरु उपनिर्वाचन हुने तनहुँ १, चितवन–२ र बारा–२ मा केन्द्रित रहेका छन् । उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा पुराना दलका उम्मेदवारसँग राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवारहरुले टक्कर दिनेगरी माहौल बनाएको स्थानीय नेताहरु बताउँछन् । तनहुँ १ मा नेपाली काँग्रेसका नेता गोविन्द भट्टराई,एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा स्वर्णिम वाग्नेबीच बलियो प्रतिस्पर्धा हुने भएको छ ।  चितवन–२ मा काँग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका सभापति रवि लामिछानेको त्रिपक्षीय भिडन्त हुने भएको छ । यद्यपि यस क्षेत्रमा दलगत र स्वतन्त्र गरी २२ जान उम्मेदवार चुनावी मैदानमा छन् ।  बारा–२ मा सत्ता गठबन्धनका तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका कुशवाहा र रास्वपाका रमेश खरेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्ता गठबन्धन दलका शीर्ष नेताहरु आफ्ना उम्मेदवार गोविन्द भट्टराई,जीतनारायाण श्रेष्ठ र उपेन्द्र यादवलाई जिताएर शाख बचाउन  लागेका छन् भने नयाँ दलका नेताहरु विरासत पल्टाउन खटिएका छन् ।   मौन अवधि सुरु हुनु अघिल्लो दिन ९बिहीबार० नेकपा माओवादी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०, पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले, पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले चितवन २ र बारा २ मा चुनावी सभा गरे । उनीहरुले बुधवार मात्रै तनहुँ–१ डुम्रे बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनको तर्फबाट काँग्रेस नेता गोविन्द्र भट्टराइलाई भोट माग्दै चुनाव जिताएर पठाए भट्टराइलाई मन्त्री बनाउने विश्वास दिलाउनुभएको थियो । ‘गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, रूख चिन्ह हामी सबैको साझा चिन्ह भइसकेको छ,’ उहाँले भनन्ुभयो–‘गोविन्द भट्टराई त्याग र तपस्याका कीर्तिमान बनाउनुभएको योग्य उम्मेदवार हो । तपाइँहरुले कुनै किसिमको द्विविधा नराखि जिताएर पठाउनुस् म मन्त्री बनाउँछु । शेरबहादुरजीले गोविन्दलाई मन्त्री बनाउनुपर्छ भनिसक्नुभएको छ ।’

उक्त चुनावी सभामार्फत पूर्व प्रधानमन्त्रीहरु देउवा, नेपाल र बाबुराम भट्टराइले इमान्दारीता र निष्ठाका पर्याय भएकाले तनहुँबासी नागरिकले विकासको मुहार फेर्न गोविन्दलाई जिताएर पठाउनुपर्ने बताए ।  यस अघि मंगलबार काँग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा एसका नेता किसान श्रेष्ठ लगायत नेताहरुले तनहुँको व्यासमा चुनावी सभा गरेर भट्टराईका पक्षमा मतदान गर्न तनहुँबासीलाई आव्हान गरेका थिए । नेपाली काँग्रेसले उक्त क्षेत्रको चुनावी कमाण्डरका रुपमा महामन्त्री थापालाई खटाएको छ । सो क्षेत्रमा गोविन्द्रलाई मत माग्न प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, प्रदीप पौडेल लगायत नेताहरुले समेत खटिएका छन् । नेता भट्टराई जिताएर पठाए तनहुँ १ ले सबैभन्दा बढी विकासको अनुभूति गर्न पाउने महामन्त्री थापाले बताउनुभयो ।

केही समयअघि काँग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट लिएर गएका स्वर्णिम वाग्ले र मंसिरको निर्वाचनमा काठमाडौँ–६ बाट चुनाव हारेर उपनिर्वाचनमा चनतहुँ पुगेका एमाले उम्मेदवार सर्वेन्द्र खनालबीच कसले बाजी मार्ने भन्ने प्रतिस्पर्धा छ । उक्त चुनावी आमसभालाई सम्बोधन गर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई पनि पुगेका थिए ।

 नेकपा एमालले पनि पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई उक्त निर्वाचन क्षेत्रमा खटाएर पार्टीका उम्मेदवार सर्वेन्द्र खनाललाई जिताउन कम्मर कसेर लागेको छ । पार्टीले आयोजना गरेको प्रत्यक चुनावी कार्यक्रममा एमालेका केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा उपनिर्वाचनका लागि स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएपछि उम्मेदवारसँगै पार्टी सभापति रवि लामिछाने दुइ पटक तनहुँ पुगेर मतदातासँग भेटघाट र चुनावी सभा गरिसक्नुभएको छ ।

त्यस्तै चितवन २ मा पनि काँग्रेस, एमाले, माओवादी, रास्वपा लगायत दलका नेताहरुको भिड नै लागेको छ । काँग्रेसले आफ्ना उम्मेदवार जीतनारायण श्रेष्ठलाई जिताउन महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डार बनाएर पठाएको छ । चुनाव नजिकिँदै जाँदा उक्त क्षेत्रमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य उदय राणा, गायत नेता आफ्ना उम्मेदवार जीतनारायण श्रेष्ठलाई जिताउन भरतपुरमा अड्डा जमाएर बसेका छन् । सत्ता गठबन्धनको मात्रै होइन नेकपा एमालेले आफ्ना उम्मेदवार रामप्रसाद न्यौपानेलाई साथ दिन पोलिटब्यूरो सदस्य गोकुल बास्कोटालाई चुनावी कमाण्डर बनाएको छ । पार्टी सचिवद्वय योगेश भट्टराई, गोकर्ण विष्टले लगायत नेताहरुको चितवन आउजाउ बाक्लो छ । पार्टी अध्यक्ष केपी शर्मा ओली आफैँ भरतपुर आउन इच्छुक भए पनि स्वास्थ्यका कारण तत्काल उहाँ जान सक्नुभएको छैन ।

रास्वपाले आफ्ना उम्मेदवार पार्टी सभापति रवि लामिछानेलाई जिताउने पुरै शक्ति परिचालन गरेको छ । सभापति लामिछानेसँगै महामन्त्री मुकुल ढकाल, सांसद सविता गौतम लगायत नेताहरुको टोली चितवन, नतहुँ र बार ९तीनैवटा० निर्वाचन क्षेत्रमा दिलो ज्यान दिएर खटेका छन् ।  बारा २ मा पनि काँग्रेस,एमाले माओवादी, रास्वपा, जसपाका शीर्ष नेताहरु मैदान छन् । बारामा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् भने नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, रास्वपाबाट रमेश खरेल र जनमत पार्टीबाट उम्मेदवार बनेका शिबचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । बारा २ को उपनिर्वाचनमा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सचिव रघुजी पन्तलाई निर्वाचन कमाण्डार बनाएर खटाएको छ । तीनवटै उपनिर्वाचनमा सत्ता पक्ष र सत्ता बाहिर रहेका दलहरुले शक्ति केन्द्रित गरेका छन् ।