राष्ट्रियसभा अध्यक्षतिमिल्सिना र रुसी उपप्रधानमन्त्रीबीच भेट

0
Shares

काठमाडौँ। 

रुसको औपचारिक भ्रमणमा रहनु भएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसका उपप्रधानमन्त्री डिएन चेर्नुस्सेन्को बिच मस्कोमा शिष्टाचार भेट भएको छ ।
अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्नुस्सेन्कोका बिचमा भएको भेटमा आपसी समझदारी र लगानीका क्षेत्रहरुका बारेमा छलफल भएको छ ।

उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा उर्जा, पर्यटन, ब्यापार क्षेत्रमा लागनी अभिबृद्धि र यातयात क्षेत्रको पूर्वाधार बिकासमा सहकार्यका पर्याप्त संभावना रहेको उल्लेख गर्दै नेपालमा राजनैतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकोले पूर्वाधार र उर्जा क्षेत्रमा रुसी लगानी भित्रने विश्वास  व्यक्त गर्नुभयो ।

यसैगरी अध्यक्ष तिमिल्सिना रुसी महासंघका सहायक परराष्ट्र मन्त्री एवाई रुदेन्कोका बिचमा पनि भेटघाट भएको छ । रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले निमन्त्रणमा नेतृत्वको नेपालको ८ संसदीय प्रतिनिधि मण्डल रुस भ्रमणमा रहेको छ । संसदीय प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाकासदस्यहरू वामदेव गौतम, रमेशजङ्ग रायमाझी, दिलकुमारी रावल थापा ’पार्वती’, महेश कुमार महरा र शेखर कुमार सिंह रहनुभएको छ ।
आजै राष्ट्रियसभा र फेडेरेसन काउन्सिलका बिचमा अन्तर–संसदीय सहयोगलाई प्रवर्द्धन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको छ ।