दुई करोड भन्दा बढीको लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

0
Shares

काठमाडौँ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कोकिन १ केजी ८० ग्रामसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

आज (बिहीवार) पत्रकार सम्मेलन गरी नेपाल प्रहरीले यसबारेमा जानकारी गराएको हो। पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशस्थित अलिग्राहका ५१ वर्षीय रविन्द्रकुमार परासर र केन्याकी ६३ वर्ष की पिलिसिला वान्जा एन्ड्रिटुलाई रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार काठमाडौंको ठमेलस्थित एक होटलबाट रविन्द्रकुमारलाई वैशाख ५ गते पक्राउ गरिएको हो भने एन्ड्रिटुलाई ठमेलस्थित अर्को होटलबाट युएस एक हजार डलरसहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट कालो रंगको कपडाको झोलाभित्र लुकाइरहेको खैरो रंगको लेडिज ब्यागमा फल्स बटम बनाइ लुकाइ छिपाइ राखिएको अवस्थामा लागुऔषध १ केजी ८० ग्राम कोकिनसहित पक्राउ गरिएको र केनियन महिलाबाट एक सय अमेरिकी डलरसहित पक्राउ गरिएको हो।

उनीहरुलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ।

बरामद लागुऔषध कोकिनको अन्दाजी बजारमूल्य २ करोड ३३ लाख २८ हजार रहेको छ।