विप्लव नेतृत्वको नेकपाले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

0
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

उक्त सम्मेलन आज (बिहीबार) दिउँसो ३ बजे आयोजना गरिएको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।

प्रकाण्डले नेकपा स्थापना दिवसको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेको बताएका छन् ।

उनले पत्रकार सम्मेलनमार्फत जनसभा तथा उत्सव लगायतका कार्यक्रमबारे जानकारी गराएका छन् ।

पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजना गरिएको छ ।