बारा-२ मा सत्तारूढ दल र प्रतिपक्षी एमालेको बृहत् चुनावी सभाको आयोजना

0
Shares

काठमाडौं । आगामी १० गते बारा–२ मा हुने उपनिर्वाचनको प्रचारप्रसारका लागि सत्तारूढ दल र प्रतिपक्षी एमालेले बृहत् आमसभाको आयोजना गरेको छन् ।

सत्तारूढ र प्रतिपक्षी दलले बारामा आज (बिहीबार) एकैदिन छुट्टाछुट्टै स्थानमा आमसभाको आयोजना गरेका हुन् ।

आजै राति १२ बजेदेखि उपनिर्वाचन मौनअवधि शुरु हुने भएकोले त्यस अगावै सत्तारूढ र एमालेले चुनावी आमसभाको आयोजना गरिएको छ । उक्त आमसभामा दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

सत्तारूढ दलका साझा उम्मेदवार बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव छन् भने एमालेका पुरुषोत्तम पौडेल छन् ।

सत्तारूढ दलले विहान ११ बजे र एमालेले दिउँसो १ बजे आमसभा शुरु गर्ने तयारी गरिरहेका छन् ।